परासी / माघ १० । पश्चिम नवलपरासीको बासामा प्रथम सरावल कृषि,पर्यटन,सँस्कृति तथा ओैधाेगिक व्यापार मेला सुरु भएकाे छ । सरावल उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रथम सरावल औद्योगिक व्यापार मेला संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे अध्यक्षता रहेको कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थीले कृषकका समस्या लगायत कृषकहरूको उत्पादनलाई बजारीकरण र प्रवर्धन गर्नको लागि प्रदेश सरकार रहेको बताउँदै यस विषयमा संघीय सरकारसँग समेत पहल गर्ने धारणा राख्नुभयो ।
मेलामा १०० वटा स्टल रहेको र कृषि उपज एवं उद्यमीहरूलाई विशेष प्रवर्धन गर्नको लागि यो औद्योगिक व्यापार मेला लागेको संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । मेला माघ १० गतेदेखि २१ गतेसम्म लाग्ने आयोजकले जनाएको छ । मेलामा थारु संस्कृति घर र मगर सामुदायकाे घर बनाई विभिन्न खाने परिकारहरु पाईने संघका सचिव देवराज राय थारुले बताउनुभयाे ।
कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य राम लखन हरिजन, पूर्व प्रदेश सभा सदस्य भगवती भण्डारी ,जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादव (रुदल) , सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरी,उपाध्यक्ष बासमति हरिजन, संघका वरिष्ठ उपाध्यक्षवीरेन्द्र यादव लगायतले बाेल्नु भएकाे कार्यक्रम सञ्चालक उमेश कुमार बिकले जानकारी दिनुभयो ।




.gif)




.gif)