Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

भिमटाँडीदेखी सरावल सम्मकाे सडक चालु आर्थिक वर्षको अन्त्यसम्म पनि काम सम्पन्न नभए आन्दोलनमा जाने:गाउँपालिका अध्यक्षकाे चेतावनी

भिमटाँडीदेखी सरावल सम्मकाे सडक चालु आर्थिक वर्षको अन्त्यसम्म पनि काम सम्पन्न नभए आन्दोलनमा जाने:गाउँपालिका अध्यक्षकाे चेतावनी

शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • सरावल,२३ चैत।पश्चिम नवलपरासीको हुलाकी राजमार्ग भिमटाँडीदेखि सरावल गाउँपालिका जोड्ने करिब २२ सय मिटरको सडक चार वर्षसम्म नबनेपछि आन्दोलनमा जाने चेतावनी दिएको छ।

    images

    लुम्बिनी प्रदेश सरकारको तीन करोड ७८ लाखको लागतमा २०७८ वैशाखमा बर्दघाट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भई सोही चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।तर ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण ढिलाइ भएपछि समस्यामा परेका स्थानिय तथा पालिकाले असन्तुष्ट जनाएका छन् ।

    images

    सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले आफू निर्वाचित भएर आएदेखि नै सडक निर्माणको काम  छिटो सम्पन्न गर्न पटक-पटक आग्रह गर्दै आएको बताउनुभएको छ। उहाँले अटेरी गरी समयमा सडक निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न माग गर्दै चालु आर्थिक वर्षको अन्त्यसम्म पनि काम सम्पन्न नभए आन्दोलनमा जाने चेतावनी दिनुभएको छ।

    सडक निर्माणको जिम्मा पाएको महेश-नवीन जेभी कन्ट्रक्सन बर्दघाटले आर्थिक अभावको कारण देखाउँदै सडक निर्माणको काम अलपत्र बनाएपछि स्थानीयदेखि सडक भएर यात्रा गर्ने यात्रुहरु समस्या भोग्न बाध्य भएका छन् ।अहिले नाला, कल्भर्ट लगायतका ६० प्रतिशत काम सम्पन्न भइसकेको सडकमा बेस निर्माण गरी कालोपत्रे गर्न काम बाँकी छ।तर ठेकेदार कम्पनीले बेस निर्माणका लागि सडकमा राखेको मिस्कट लामो समयदेखि अलपत्र राख्दा खराब बाटो,धुलोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ।

    यता सडक पूर्वाधार विकास कार्यालय परासीले हालसम्म निर्माण कम्पनीले एक करोड ६३ लाख भुक्तानी पाईसकेको र चालु आर्थिक वर्षमा ७५ लाख विनियोजन गरिएको जनाएको छ।कार्यालयका प्राविधिक अधिकृत सन्तोष कुमार चौधरीले चालु आर्थिक वर्षको वैशाखभित्र निर्माण कम्पनीले काम सम्पन्न नगरे ठेक्का तोडेर कारवाही प्रक्रिया अघि बढाउने अन्तिम चेतावनी दिनुभएको छ।कार्यालयको ताकेतापछि निर्माण कम्पनी महेश नवीन जेभीले पत्र पठाएर यहि चैत २३ गतेदेखि काम शुरु गरि वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij