Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

नारायणीमा व्यापक दोहन,सरोकारवाला निकाय मौन

नारायणीमा व्यापक दोहन,सरोकारवाला निकाय मौन

शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • परासी,१३ बैशाख।पश्चिम नवलपरासीको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा पनि सरोकारवाला निकाय मौन रहेको स्थानियले गुनासो गरेका छन्।जिल्लाको सुस्ता गाउपालिकाले नारायणी नदीबाट नदीजन्य पदार्थ झिक्नका लागि निकासी ठेक्का परिमाण भन्दा बढि नदीजन्य पदार्थको झिकिएपनि अनुगमन निकाय भने मौन बसेको स्थानियको आरोप छ।नारायणी नदीमा माघ महिनामै सबै खण्डको ठेक्का लागेपनि फागुन महिनामा केहिको पट्टा उठेको पाइन्छ।

    images

    नदीको ठोकर नं. १५ देखि १६ र १६ देखि १७ को बिचमा भएको ४ खण्डको ठेक्कामा पट्टा छिटै उठाउने सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौ र ओम निर्माण सेवा कुडिया नवलपरासीले तोकिएको परिमाण भन्दा बढि माल झिकि सकिएको स्थानियहरुको दावी छ।तर यस तर्फ गाउँपालिका तथा जिल्ला समन्वय समितिको भने ध्यान पगेको छै।स्थानियले सो उत्खननको नापजाँच गरि बढि माल झिकेको फर्मलाई जरिवाना तिराउने र अबदेखि उत्खनन कार्यमा रोक लगाउनुको माग समेत गरेका छन् ।ठेकदारहरुले नदीबाट झिकेको नदीजन्य पदार्थको नजिकै घाटगदी गर्नु पर्ने र प्रावधान रहेपनि उनीहरुले सिधै ठेकदारलाई बेचेका छन् भने केहिले नारायणचोक र यताउता डम्पिङ्ग पनि गरिरहेका छन्।देखाउनका लागि अलि अलि छेउछाउमा स्टक गरेपनि नदीको बन्धामा खसाल्दै भारतीय ठेकदारलाई ठुलो मात्रामा ग्रावेल बेचेको पाईन्छ।

    images

    यता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शुक्रबार गाउँपालिका स्तरीय अनुगमन गरि खनेको क्षेत्रहरुको नाप जाँच गरिएको बताउदै सोको प्रतिवेदन २-४ दिनमा आउने जानकारी दिनु भयो।तोकिएको परिमाण भन्दा बढि उत्खनन गरेको विषयमा सोधपुछ गर्दा ‘‘उनले अझै उनीहरुले झिक्ने क्वान्टीटी पुगेको छैन, ९० प्रतिशत भन्दा बढि झिकि सकेको देखिन्छ, २÷४ दिनमा सुप्रियर र ओमको क्वान्टीटी पुग्ने अनुमान गरिएकाले उनीहरुको उत्खननमा अहिले कुनै रोक नलगाइएको अध्यक्ष उपाध्यायले जिकिर गर्नु भयो।

    यसबर्ष उक्त नदीमा सुस्ता गाउपालिकाले ठोकर नं. १५ देखि १६ र १६ देखि १७ को बिचमा गरि ४ वटा खण्डमा नदीजन्य पदार्थ निकासीको ठेक्का लगाएको छ भने यता ठोकर नं. ६ मा पनि एक ठाउँमा ठेक्का लगाएको छ । पालिकाले लगाएको ठेक्का मध्ये ठोकर नं. १५ देखि १६ को खण्ड १ र २ मा कुल ११ लाख ९० हजार ३०३ घनफिट नदीजन्य पदार्थ झिक्न बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रालि सुस्ता १ नवलपरासीले १ करोड १९ लाख ११ हजार १११ रुपैयामा ठेक्का लिएको छ।

    त्यस्तै १५–१६ को खण्ड ३ र ४ मा १२ लाख ४४ हजार २०८ घनफिट नदीजन्य पदार्थ झिक्नका लागि ओम निर्माण सेवा कुडिया नवलपरासीले १ करोड ३७ लाख रुपैयामा ठेक्का लिएको छ।यता ठोकर नंं १६ देखि १७ को खण्ड क मा १४ लाख २५ हजार ६४१ घनफिट नदीजन्य पदार्थ झिक्न सुप्रियर निर्माण सेवा प्रा.लि काठमाण्डौले १ करोड ४२ लाख ६६ हजार ४१२ रुपैयामा ठेक्का कबोल गरेको छ भने त्यसैको खण्ड ख मा १४ लाख २५ हजार ६४१ घनफिटका लागि बिल्डप नेपाल डिजाईन एण्ड कन्सट्रक्सन प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको छ यता ठोकर नं. ६ मा ९१ लाख मा २० हजार घटमिटरका लागि सुस्ता कन्सट्रक्सन कम्पनी प्रा.लि सुस्ता नवलपरासीले ठेक्का लिएको तथ्याङ्क पाइएको छ।

    तोकिएको भन्दा बढि माल झिकेको स्थानिय स्तरमा जनगुनासो बढेपछि एक हप्तादेखि अनुमगन समिति आउने सो क्षेत्रमा हल्ला सुनिने गरिएको एक ठेकदारले भने।उनले यस विषयमा खोला ठेकदार र अनुगमन समिति बिच मिल्ने मिलनाउने बारगेनिङ्ग चलिरहेको आरोप पनि लगाए।यस विषयमा पालिका र जिल्ला स्तरीय अनुगमन समितिले यो अफवाह रहेको बताउदै अनुगमन समेत गरे तर अझै कसैको प्रतिवेदन र कुनै औपचारिक धारण आएको पाईदैन।

    नदीमा गरिएको आईई अनुसार कसरी झिक्ने र कति वटा मेसिन र हाईवा प्रयोग गर्ने विषयमा नियममित अनुगमन नरहेकोले ठेकदारहरु दिनदहाडै अनाधिकृत रुपमा धमाधम माल झिरिहेको स्थानियहरु बताउछन् ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij