परासी,असार १३ । सुस्ता गाउँपालिकामा हिजाे असार १२ गते देखि स्थानीय तहको विकास निर्माणमाथि केन्द्रित खोजमूलक पत्रकारिता तालिम सुरु भएको छ ।तालिम संचारिका समूह पश्चिम नवलपरासीको आयोजनामा तथा सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो ।
सञ्चारिका समूह पश्चिम नवलपरासीको अध्यक्ष विष्णु खनालको अध्यक्षतामा तथा सुस्ता गाउँपालिकाको उपाध्यक्ष गीता चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो । समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले स्थानीय तहमा पारदर्शिता कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
तालिम सहजीकरण सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो ।
सो अवसरमा तालिमको उद्देश्यमाथि आयोजक संस्थाकी अध्यक्ष खनालले प्रकाश पार्नुभएको थियो । उहाँले स्रोत पहिचान, तथ्य जाँच, रिपोर्टिङ प्रविधि र निष्पक्ष समाचार लेखनका विषयमा कार्यशाला भएको बताउनुभयो ।
जिल्लाका १० जना महिला पत्रकारहरुको सहभगिता रहेको उक्त तालिम असारको १६ गते सम्म चल्ने संस्थाकी सचिव डोल्मा चौधरीले जानकारी दिनुभयो ।




.gif)




.gif)