Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • अर्थतन्त्र
  • नवलपरासीका ४ व्यवसायीविरुद्ध राजश्व ठगीमा ७...

नवलपरासीका ४ व्यवसायीविरुद्ध राजश्व ठगीमा ७ करोड बिगो मागसहित मुद्दा दायर

नवलपरासीका ४ व्यवसायीविरुद्ध राजश्व ठगीमा ७ करोड बिगो मागसहित मुद्दा दायर

शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • पश्चिम नवलपरासीका चार जना व्यवसायीविरुद्ध राजस्व अनुसन्धान कार्यालय, बुटवलले राजस्व चुहावटमा ७ करोड बिगो माग दावीसहित मुद्दा दायर गरेको छ ।

    images

    नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित ४ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको बुटवलस्थित राजश्व कार्यालयमा प्रमुख विवेक घिमिरेले जानकारी दिएका छन्।रामग्राम नगरपालिका-८ स्थित नवज्योती ट्रेडर्स र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायमा कानुन विपरीत कारोबार भएको प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको घिमिरेले जनाएका छन् ।

    images

    बिक्रेताले ५० लाखभन्दा बढी रकमको कर योग्य वस्तुको बिक्री गरेको देखिए पनि करदाता मूअकरमा दर्ता नभएको र पटक-पटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको छ ।

    कार्यालयले सौरभ यादवको हकमा मुअकर र भन्सार चोरी पैठारीतर्फको बिगो तीन करोड ४७ लाख कायम गरी प्रतिवादीबाट बिगो असुल उपर गरी शतप्रतिशत जरिबानासहित हदैसम्मको कैद सजाय र प्रतिवादी क्रेता पुष्पा शर्मालाई ११ लाख ७१ हजार बिगो कायम गरी बिगो जफत गरी शत प्रतिशत रकम जरिबानासहित हदैसम्मको कैद सजायको माग गरिएको छ । 

    यस्तै प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सहयोग गरेको देखिएकोले आधा सजाय माग दावी र प्रतिवादी विनोद थापालाई राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले जरिवाना माग गर्दै मुद्दा दायर गरिएको राजश्व विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij