Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

  • समाचार
  • मुलपानी सामुदायिक वन समुहद्वारा क्षमता विकास...

मुलपानी सामुदायिक वन समुहद्वारा क्षमता विकास तथा उद्घाेषण तालिम सुरु

मुलपानी सामुदायिक वन समुहद्वारा क्षमता विकास तथा उद्घाेषण तालिम सुरु

मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • परासी,असार ३१ । मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल-४ काे आयाेजनामा दुई दिने क्षमता विकास तथा उद्घाेषण तालिमलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कलवारले तालिममा सहभागी भई सफलता पुर्वक ज्ञान आर्जन गर्ने र सबैलाई आत्मनिर्भर कसरी बनाउने हामी सबैले लाग्नु पर्ने बताउदै वनकाे संरक्षण गरि वातावरण प्रदुषण कम गर्न प्रदेश सरकारले वृक्षाराेपणकाे अभियान सुरु गरेकाे जानकारी दिनुभयो । 

    images
    Gallery_1752571083881.jpg
    undefined

    वन समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रमवापुर मावि सुनवल कक्षा -७ मा अध्ययनरत खगराज पाैडेललाई छात्रवृत्ति कार्यक्रम अन्तरगत नगद १५ हजार पुरस्कार वितरण गरिएको समुहका काेषाध्यक्ष अवधेश यादवले जानकारी दिनुभयाे ।

    images
    Gallery_1752571060529.jpg
    undefined

    कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य एवम् पुर्व मन्त्री खड्ग बस्नेत,सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्याल,रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादव,सुनवल सब-डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मरिच कुमार लामा,महाकवि देवकाेटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने,जन उदय सामुदायिक वन समूहका अध्यक्ष विरवहादुर विश्वकर्मा, वन समुहका उपाध्यक्ष एवम् रामग्राम -४ का वडा सदस्य प्रभुलाल माैर्य लगायतले बाेल्नुभएकाे वन समुहकी सचिव समिक्षा बलालले जानकारी दिनुभयाे ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij