Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • समाचार
  • युनियनमा पत्रकारिता नगर्नेहरुको नविकरण तथा नयाँ...

युनियनमा पत्रकारिता नगर्नेहरुको नविकरण तथा नयाँ सदस्यता वितरण नहुने

युनियनमा पत्रकारिता नगर्नेहरुको नविकरण तथा नयाँ सदस्यता वितरण नहुने

बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • परासी,भदौ ०५ । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकारिता गर्न छोडेका र नगर्नेहरूको कुनै पनि हालतमा नयाँ सदस्यता वितरण र नविकरण नहुने बताउनुभएको छ । १०० दिने सदस्यता विशेष अभियानको नवलपरासीमा शुभारम्भ गर्दै प्रमुख अतिथि लम्सालले गणतन्त्र संस्थागतका लागि युनियनले महत्वपुर्ण भुमिका खेलेको भन्दै देश अहिले बिचौलियाको हातमा गएकाले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो। 

    images

    युनियनका जिल्ला अघ्यक्ष उमेश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विकले जिल्ला पत्रकार महासंगको चुनावलाई लक्षित गरि प्रेस युनियनको खोल ओढेर विपक्षीलाई जिताउन लागी पर्ने गद्दारहरुलाई अब संगठनभित्र ठाउ नरहेको बताउनुभएको छ । उहाले पार्टिभित्रको गुट र उपगुटको लडाईले गर्दा पार्टिलाई नै हानी-नोक्सानी पुराउने गरेको भन्दै त्यसतर्फ पनि सचेत बन्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । 

    images

    कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रि विक्रम खनाल, प्रदेश सदस्य भिम बहादुर थापा , जिल्लाका कार्यबाहक सभापति विक्रम यादव, प्रबक्ता राधेश्याम पाठक, पुर्ब नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, पत्रकार  हरि शर्मा, पुरूषोत्तम सुवेदी र अनिल यादवलगायतले बोल्नुभएको थियो ।

    गत साउन १६ देखि सुरु भएको १०० दिने विशेष अभियान कार्तिक २१ गतेसम्म सन्चालन हुनेछ । जिल्लामा हाल करिब १०० भन्दा बढि सदस्यहरु युनियनमा आबद्ध रहेका छन् ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij