Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

  • समाचार
  • नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीद्वारा रक्तदान...

नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीद्वारा रक्तदान कार्यक्रम

नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीद्वारा रक्तदान कार्यक्रम

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • परासी,असाेज ०५ । नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीकाे आयाेजनामा पहिलोपटक पाल्हि बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदाता समाजका अध्यक्ष माेहन पाैडेलकाे अध्यक्षता तथा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओेमप्रकास अग्रहरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे । 

    images

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अग्रहरीले रक्तदान भनेकाे मानिसको जिवनमा महादानकाे रुपमा रहेकाे बताउदै आफुले गरेकाे रक्तदान फेरि आवश्यक पर्दा पाउन सजिलाे हुने बताउनुभयाे । नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासीले समाजमा गरिरहेको याेगदान प्रति प्रशंसा व्यक्त गर्नुभयाे ।

    images
    Messenger_creation_0985F416-B5F5-40F9-BA21-A10FFBE21D71.jpeg
    undefined

    कार्यक्रममा क्याम्पसका अध्यक्ष राधेश्याम पाठक,रक्तसञ्चार केन्द्र नवलपरासीका संयाेजक सुरज केसी,मदन भण्डारी फाउन्डेसन नवलपरासीका अध्यक्ष श्यामकुमार बस्याल,नेपाल लेखापढी व्यवसायी एशाेसियनका केन्द्रीय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्री,नेपाल रेडक्रस साेसाईटी परासी उपशाखा अध्यक्ष सन्दिप अग्रहरी,नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त,रामनगर बजार विकास समिति अध्यक्ष भरत क्षेत्री,रामग्राम जेसिज अध्यक्ष बिष्णु राज राव,क्याम्पस स्ववियु सभापति निरज धवल बाेल्नुभएकाे थियाे भने स्वागत मन्तव्य क्याम्पस प्रमुख दिपक अर्यालले राख्नुभएको कार्यक्रम संचालक नेपाल स्वयंसेवी रक्तदाता समाज सचिव पुष्पा लामाले जानकारी दिनुभयाे ।

    Messenger_creation_378CEF6E-5224-4F4B-84D5-22B191241A68.jpeg
    undefined

    कार्यक्रममा २० जनाले रक्तदान गरेकाे र यसकाे प्राबिधिक सहयाेग नेपाल रेडक्रस साेसाईटी नवलपरासीकाे रहेकाे रक्तदाता समाजका सदस्य दामोदर देवकोटाले जानकारी दिनुभयाे ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij