सरावल,२२ पुष । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर-४ गोबरहियामा महिला तथा किशोरीलाई लक्षित गरि १५ दिने सीपमूलक ब्युटि पार्लर सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न भएको छ।
नमस्ते ट्रेनिङ सेन्टर रामग्रामका प्रबन्धक सुरेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख अतिथ्यततामा कार्यक्रम समापन गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरावल गाउपालिकाका अध्यक्ष चौधरीले यस्ता सीपमूलक तालिमले महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि र रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले सिकेका सिपलाई ब्यवहार लागु गर्नुपर्ने बताउदै आगमी दिनमा थप एड्भान्सका कार्यक्रमलाई प्राथमिक्ता दिने बताउनुभयो ।
कार्यक्रममा सरावल गाउपालिकाकी उपाध्यक्ष बासमती चमारकाे विशिष्ट अतिथ्यता तथा सरावल उधोग बाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे, प्रशिक्षक दिपा कुमारी चाैधरी, संचारक्रमी सुरेश यादव लगायतले बोल्नुभएको थियो । तालिममा सरावल गाउँपालिकाभित्रका १ देखि ७ नम्बर वडासम्मका करिब २५ जना महिलाहरूको सहभागिता रहेको थियो।तालिममा सहभागी भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रम संयोजक रुपेश राजभरको स्वागत मन्तब्यमा सुरु भएको समापन कार्यक्रमको संचालन महेश यादवले गर्नुभएको थियो ।




.gif)




.gif)