Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • अर्थतन्त्र
  • महेशपुर भन्सारको राजस्व संकलन ओरालो लाग्नुमा...

महेशपुर भन्सारको राजस्व संकलन ओरालो लाग्नुमा प्रहरी मात्रै नभई भन्सार कर्मचारीको पनि सेटिङ्ग

महेशपुर भन्सारको राजस्व संकलन ओरालो लाग्नुमा प्रहरी मात्रै नभई भन्सार कर्मचारीको पनि सेटिङ्ग

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • परासी, १४ कार्तिक । जिल्ला स्थित महेशपुर भन्सार नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतोका कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिङ्गले गर्दा राजश्व ह्रास हुने गरेको रहस्य समेत खुल्न थालेको छ।भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मुल्याँकन घटाउदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको हो।

    images

    एकै दिनमा तिन तिन पटक सुचना टास गरि मुल्याँकन घटाउने गरिएको छ।सो सुचनाहरु भन्सार कार्यालयको वेभसाईटमा पनि अपलोड गरिदैन् । बाहिरबाट यदि कसैले कुनै मार्फत सुचना पाएर लिलाम लिन पुग्दा त्यसलाई छोप्ने कार्य समेत स्थानिय केही गुण्डा परिचालित हुदै आएका छन्। गुण्डा परिचालन भए पछि पहिलो पटकको मुल्याँकनमा स्थानिय कसैले पनि लिलाम सकार गर्दैनन् । ति क्रम अन्तिम समय सम्म भई रहन्छ।अन्तमा कर्मचारीसँग सेटिङ्ग मिलिसके पछि केही फर्मले लिलाम न्युन लिलाम रकम भरेर सकार गर्छन् । राजस्व घट्को रकममा कर्मचारी,गुण्डाहरु र ब्यपारीहरुको भाग लाग्ने गर्छ।पहिलो पटकमा लिलाम भएन भने २० प्रतिसतसम्म मुल्याँकन घटाईन्छ,दोश्रो पटकमा १० प्रतिसत मुल्याँकन घटाइन्छ, भागबण्डाको सेटिगँ नमिलेसम्म त्यो क्रम जारी रहन्छ।

    images

    अन्तिममा लिलाम सकार भए पछि कर्मचारी र गुण्डाहरुले राजस्वमा घटेको रकमबाट भागबण्डा मिलाउछन् ।ब्यपारीहरुले सस्तोमा भन्सार समाग्रि पाउछन्,जुन उनिहरुको खरिद सरहको स्टक मिलाउछन्,तिनै स्टकको अधिकारिक विक्रि नभएसम्म तिनै कागजपत्र देखाएर तस्करी गरि नै रहन्छन् । प्रहरीले विचमा समात्यो भन्ने तिनै लिलाम मालबस्तु भएको दाबी गर्दै कारोबार गरिरहन्छन् ।प्रहरीले जोखिम मोलेर मालबस्तु बरामद गर्छ,भारत र नेपालको खरिद विक्रिको बजार मुल्याँकनको आधारमा मुल्य कायम गरेर भन्सार पठाईदिन्छ । जुन भन्सार कार्यालयकै कर्मचारीले सेटिङ्गमा राजस्व घटाई दिदा प्रहरीले पाउने अधिकारिक कमिसन रकम पनि थोरै हुन्छ।यसले प्रहरीले समेत तस्करी नियन्त्रण भन्दा तिनै तस्करसँग हातमा हात साथमा साथ मिलाउन बाध्य छन्।

    प्रहरीले मुल्याँकन गरि पाठएको मालबस्तुको मुल्याँकन सधै घटाउदै लिलाम गर्दै आएको बर्डर अब्जर्वेसन पोष्ट(विओपी) का एक प्रहरी अधिकृतले बताए।यसले गर्दा प्रहरीलाई निरुत्साही गराउछ,उनले भने, प्रहरीले सिमित साधन स्रोतको भरमा तस्करबाट मालबस्तु बरामद गर्छ,बजार मुल्याकै आधारमा मुल्याँकन गरि पठाउने गरेको छ,तर भन्सारमा त्यसको मुल्याँकन घटेर जाने गरेको छ।यसबारे भन्सारका प्रमुख बुद्धिकुमार चुडालले प्रहरीले हचुवाको भरमा मुल्याँकन गरि पठाईदिने गरेको जिकिर गरे।जुन लिलाम गर्दा ब्यपारीले लिलाम लिदैनन्।केही दिनमै खाद्यान जस्ता खराब भएर जाने मालबस्तु नष्ट पनि हुन्छ सक्छ,त्यही भएर जति सक्दो मुल्याँकन घटाएर भए पनि लिलामी प्रकृया बढाउछौ।

    लिलाममा सिण्डिकेट र गुडा्गर्दीका कुरा स्वीकार्दै उनले भने,यसका लागि सम्बन्धित ब्यपारीले प्रत्यक्ष गुनासो हामीसँग गर्नु पर्छ,उनीहरुको टेण्डर हाल्ने ब्यवस्था हामी मिलाछौ । विद्युतिय टेण्डरबारे विभागले ब्यवस्था नमिलाएको र जिल्ला प्रशासन,प्रहरी वा जिसस लगायतका सरकारी निकायमा टेण्डर बुझाउन नमिल्ने भन्सारको प्रावधान रहेको दाबी उनको थियो ।भन्सार परिसरमै बैंक भएको र सोही बैंकमा धरौटी रकम भर्नु पर्ने हुदा भन्सारमै आएर लिलाम लिइनु पर्ने उनको भनाई थियो।

    जुन भन्सारसम्म बाहिरका ब्यपारी पुग्नै सक्दैनन,एक स्थानियले भने,सबै सेटिगँको कुरा रहेछ, सबैलाइै पैसो चाहियो,भन्सारको प्रगति वा राजकोषमा राजस्व वृद्धि भाडमा जाउन मतलब छैन्।यसबारे महेशपुरमै घर भएका पुर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता देवेन्द्र राज कण्डेलले पनि यो भन्सार कर्मचारीलाई कमाई खाने भाडो मात्र बनेको बताएका थिए।आफु साँसद हुदा नै भन्सार मुल भन्सारको रुपमा सञ्चालनमा आएको,जग्गा अधिग्रहणका लागि दुई पटक बजेट पनि पठाउन लागएको तर भन्सार कर्मचारीलाई भन्सारको प्रगतिको कुनै मतलब नहुदा सो रकम फ्रिज भएर गयो।

    सिमाक्षेत्रमा हुने चोरी तस्करी,बनस्पती(प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशक्तिका कारणले पनि भन्सारबाट उठ्ने राजस्व ओरालो लाग्ने गरेको भन्सार कार्यालयले दाबी गर्दै आएको छ।क्वारेन्टाईन नहुनु एउटा पक्ष होला तर भन्सार प्रमुख तथा कर्मचारीको सेटिङ्गले पनि राजस्व ओरालो लागेको प्रष्ट बुझ्न सकिन्छ।विगतमा भन्सार राजस्व वृद्धि हुदै २७ करोडसम्म उठदा पनि क्वारेन्टाईन थिएन्,तर अहिले क्वारेन्टाईन नभएको बहानाबाजी मात्र हो।तस्करी कार्य गर्ने तस्करहरुले समेत भन्सार प्रमुखले बेला बेला फोन गर्ने र सम्पर्क हुदै आएको बताउने गर्छन्।

    भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८१ ।०८२ को साउनमा ४८ वटा मुद्दाबाट १७ लाख २ सय ६३ हजार,भदौमा ३ सय ६१ मुद्दाबाट ८७ लाख ४० हजार,असोजमा १ सय १० मुद्दाबाट ९७ लाख सम्म लिलामबाट राजस्व संकलन भएका छन्।जबकी नेपाल प्रहरी र शसस्त्र प्रहरीले मासिक करोड भन्दा बढिका मालबस्तुहरु बरामद गरि भन्सार बुझाउदै आएको दाबी गर्दै आएका छन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो।आ.ब. ०७७/०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिसत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको थियो ।

    राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८/०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिसत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९/८० का लागि राजस्व लक्ष्य नै घटाउदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो। त्यसले गर्दा आ.ब.०८०/०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिसत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij