Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

पाल्हीनन्दनमा पोषण सुधारका लागि सरोकारवालाहरुको बैठक

पाल्हीनन्दनमा पोषण सुधारका लागि सरोकारवालाहरुको बैठक

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • परासी, ३० असोज । पोषण मार्फत जिवन रुपान्त्रण परियोजनाको समिक्षा र सुझाव संकलनका लागि सरोकारवालाहरुको बैठक बुधबार सम्पन्न भएको छ।पाल्हीनन्दन गाउँपालिकामा पोषण सुधारका लागि पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति एवं स्थानिय परियोजना सल्लाहकार समितिको बैठक बुधबार सम्पन्न भएको हो।गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीको अध्यक्षतामा परियोजना सल्लाहकार समिति र सरोकारवालाहरुको बैठकबाट परियोजनाले पोषण सुधारमा पुर्याएको योगदान र गत आर्थिक बर्षमा गरेका महत्वपुर्ण क्रियाक्लाप र आगामी दिनमा परियोजनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै सुझावहरु संकलन गरिएको थियो ।

    images

    पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा बेस नेपाल तथा एकिकृत हातेमालो समाज नेपालको समन्वयमा र आईडीई नेपालको सहयोगमा पाल्हीनन्दन गाउँपालिकाको सभाहलमा आयोजित उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु विषयगत शाखाका शाखा प्रमुखहरु र परियोजना संस्थाका पदाधिकारी एवं संयोजकहरुको उपस्थिती रहेको थियो । 

    images

    बैठकम परियोजनाले गत बर्ष सम्पन्न गरेको क्रियाक्लापका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने, आगामी क्रियाक्लाप संचालनका लागि आवश्यक सल्लाह सुझाव संकलन गर्न र पोषण मार्फत जीवन रुपान्तरण परियोजनाका बारेमा अभिमुखीकरण लगायतका प्रस्तुतीकरण गरिएको थियो ।

    बेस नेपालद्धारा संचालित पोषण मार्फत जीवन रुपान्त्रण परियोजना संयोजक शालिकराम पोख्रेलले परियोजनाले सम्पन्न गरेका क्रियाक्लाप र पोषण सुधारका लागि गरिएका कामहरुको बारेमा जानकारी दिदै गाउँपालिकामा पोषण सुधारको अवस्था ठिक रहेको जिकिर गर्नु भयो ।उहाँले भन्नु भयो, ‘‘ पालिकाको ६ वटै वडाहरुमा बालबालिकाहरुको पोषण अवस्था बुझनका लागि स्क्रिनिङ्ग गरिएर तथ्याङ्क संकलन गरियो, कुषोण भएका बालबालिकाहरुलाई पोषिलो आहारहरु वितरण गरि उनीहरुको शारिरीक पोषणमा सुधार ल्याउने काम गरिएको छ ।

    ” बैठकमा एकिकृत हातेमालो समाज नेपालका जिल्ला संयोजक केदार घिमिरेले आफनो संस्थाले पनि पोषण सुधारमा गरेको काम बारे जानकारी गराउने आगामीदिनमा गरिने क्रियाक्लापका बारेमा महत्वपुर्ण सुझावहरु संकलन गर्नु भयो । 

    बैठकमा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड, ६ वटै वडाका वडा अध्यक्षहरु, बेस नेपालका अध्यक्ष उमा अधिकारी, कार्यकारी निर्देशक शालिकराम पाण्डे लगायतले परियोजनाका लागि महत्वपुर्ण सुझावहरु दिएको बेस नेपालका फिल्ड सुपरभाईजर राजकुमार गुप्ताले जानकारी दिनु भयो । बैठक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले संचालन गर्नु भएको थियो ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij