Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

  • खेलकुद
  • स्कटल्याण्डसँगको टी-२० श्रृङखला अस्ट्रेलियालाई,दोस्रो खेलमा जोस...

स्कटल्याण्डसँगको टी-२० श्रृङखला अस्ट्रेलियालाई,दोस्रो खेलमा जोस इङ्ग्लिसको कीर्तिमानी शतक

स्कटल्याण्डसँगको टी-२० श्रृङखला अस्ट्रेलियालाई,दोस्रो खेलमा जोस इङ्ग्लिसको कीर्तिमानी शतक

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • स्कटल्याण्डसँगको टी–२० श्रृङखला अस्ट्रेलियाले जितेको छ। तीन खेलको श्रृङखला अस्ट्रेलियाले एक खेल अगाडी नै जितेको हो।घरेलु टोलीलाई पहिलो खेलमा ७ विकेटले हराएको अस्ट्रेलिया हिजो भएको दोस्रो खेलमा ७० रनले विजयी भयो।

    images

    अस्ट्रेलियाले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६ ओभर ४ बलमा एक सय २६ रनमा अलआउट भयो।टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो।

    images

    यो खेलमा अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४९ बलमा एक सय तीन रन जोडे।४३ बलमा शतक बनाएर उनी अस्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन्।यसअघि आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसले नै समान ४७ बलमा शतक पूरा गरेका थिए।दुई देशबीचको तेस्रो तथा अन्तिम खेल आज हुनेछ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij