Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • खेलकुद
  • रामग्राम कप सिजन टु पाल्हि बहुमुखी...

रामग्राम कप सिजन टु पाल्हि बहुमुखी क्याम्पस खेलमैदानमा सुरु

रामग्राम कप सिजन टु पाल्हि बहुमुखी क्याम्पस खेलमैदानमा सुरु

बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • परासी,२७ चैत/पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर-४ पाल्हि बहुमुखी क्याम्पसको खेल मैदानमा  रामग्राम कप सिजन टु खेल सुरु भएको छ।रामग्राम किङ्स क्रिकेट क्लबकाे आयोजना तथा रामग्राम नगरपालिकाको आर्थिक सहयोग र रामग्राम नगरपालिका वडा नम्बर-४ को सह आयोजनामा रामग्राम कप सिजन टु खेल सुरु भएको हाे।

    images

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले हरेक खेलाडीहरूको लागि नगरपालिका सहयाेग गर्न तयार रहेकाे बताउनुभयो।साथै रामग्राम नगरपालिकाले यस क्षेत्रमा भलिबल, कबड्डी, टेकवान्डो लगायतका खेलाडीहरूको लागि स्टेडियम बनाइरहेको र क्रिकेट मैदानकाे समेत छिटै व्यवस्थापन हुने प्रमुख अतिथि यादवले बताए।

    images

    क्लबका अध्यक्ष अनिल यादवको अध्यक्षता रहेको सिजन टु खेलमा प्रथम हुने टिमलाई नगद रु ५५ हजार सहित मेडल,प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद रु ३० हजार सहित मेडल,प्रमाणपत्र वितरण गरिने क्लबका काेषाध्यक्ष राजन सहानीले जानकारी दिनुभयाे ।

    कार्यक्रममा वडा नम्बर-४ का वडा अध्यक्ष मदन यादव,वडा नम्बर-९ का वडा अध्यक्ष भोजनारायण यादव,सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी,कोषाध्यक्ष चन्द्रमणि चौधरी लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियो।आज पहिलो खेल पाल्हि बहुमुखी क्याम्पस र रामग्राम-१६ हकुई बीच भएको कार्यक्रम संचालक समाजसेवी दिपक क्षेत्रीले जानकारी दिनुभयाे।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij