कविता परियार/भैरहवा,१ फाल्गुन।लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा माघ २८ गते देखि सञ्चालित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ३०गते (बुधबार) सम्पन्न भएको छ।लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडेरियामा सम्पन्न चौथो राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिताको पहिलो पुरस्कार बुद्ध आदर्श माध्यमिक विद्यालयले प्राप्त गर्न सफल भएको छ।
बुद्ध आदर्श माविले ७ गोल्ड ८ सिल्भर र ७ ब्रोन्ज प्राप्त गरेको थियो। प्रतियोगिताको दोस्रो पुरस्कार आमा मा.वि ले प्राप्त गर्न सफल भएको छ। ६ गोल्ड ३ सिल्भर र ३ ब्रोन्ज प्राप्त गर्न सफल भएको थियो। प्रतियोगिताको तेस्रो पुरस्कार बलरामपुर मा .वि ले प्राप्त गर्न सफल भएको छ। ४ गोल्ड २ सिल्भर र ६ ब्रोन्ज प्राप्त गर्न सफल भएको थियो। प्रतियोगितामा जम्मा नगर क्षेत्रका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख सजरुद्दिन मुसलमान ,नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष इनामूललाह फकिर ,वडा नम्बर ३ का वडा अध्यक्ष अकारामुद्दिन खाँ, कार्यपालिका सदस्य हुसेनी लोध, नगर शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, खेलकुद सदस्य सचिव मोहम्मद इलियस खान लगायतबाट पुरस्कार वितरण गरिएको थियो।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख सजरुद्धिन मुसलमानले कक्षा ८, १० र १२ मा बिद्यार्थीहरु नगरमा नै प्रथम आएमा त्यस्ता बिद्यार्थीहरुलाई ल्यापटप पुरस्कार दिने प्रतिबद्धता गर्नु भएको छ । भने नगरमै द्धितीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई साइकल प्रदान गर्ने समेत बताउनु भएको छ।
उहाले जसरी खेलकुद क्षेत्रमा बिद्यार्थीहरु मेहनत गरी उत्कृष्ट स्थान हासिल गरेका छन त्यसरी नै शिक्षामा समेत मेहनत गरी अगाडी आउन आग्रह गर्नु भएको छ।उहाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा शिक्षा क्षेत्रमा सुधार ल्याउन आफुले बिद्यार्थीहरुमा लगानी गर्दै आएको बताउनु भएको छ भने आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत गर्नु भएको छ।
त्यसै गरी समापन कार्यक्रममा बोल्दै कार्यक्रमका खेलकुद सदस्य सचिव मोहम्मद इलियास खां ले नगरले यस्तै खेलकुद मार्फत बिद्यार्थीहरुलाई हरेक क्षेत्रमा अगाडी ल्याउन आग्रह गर्नू भएको छ । उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रम नगरले गर्ने बताउदै लुम्बिनीमा खेल स्टेडियमको आवश्यकता भएको उल्लेख गर्नू भयो । उहाले लुम्बिनीमा रहेको खेलमैदान ब्यवस्थित बनाउन आग्रह समेत गर्नु भएको छ ।
चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता खेलकुद सदस्य सचिव मोहम्मद इलियास खां को अध्यक्षता तथा नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।प्रतियोगितामा नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष इनामूल्लाह फकिर, नगर शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली, समाजसेवी अल्ताफ हुसेन खान लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
प्रतियोगितामा वडा नम्बर ३ का वडा अध्यक्ष अकारामुद्दिन खा, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष इनामूल्लाह फकिर, कार्यपालिका सदस्य हुसेनी लोध, लगायतबाट पुरस्कार वितरण गरिएको थियो। भने कार्यक्रमको सञ्चालन दिनेश कुमार उपाध्यायले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन दिनेश कुमार उपाध्यायले गर्नुभएको थियो।




.gif)




.gif)