Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

  • खेलकुद
  • आठौ मेयर कप फुटवल प्रतियोगिताको छैठौ...

आठौ मेयर कप फुटवल प्रतियोगिताको छैठौ दिनको खेलमा वडा नम्बर-२ विजयी

आठौ मेयर कप फुटवल प्रतियोगिताको छैठौ दिनको खेलमा वडा नम्बर-२ विजयी

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • परासी,२७ बैशाख।सुनवलमा जारी आठौ मेयर कप फुटवल प्रतियोगिताको छैठौ दिनको खेलमा वडा नम्बर-२ ले वडा नम्बर-९ लाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।खेलको पहिलो हापमा वडा नम्बर-२ का ११ नम्बरका खेलाडी अमन मगरले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यसपछि भएको दोस्रो हाफमा दुवै तर्फबाट गोल विहिन बनेपछि वडा नम्बर-२ क्वाटर फाईनलमा प्रवेश गरेको हो।

    images

    खेलमा निर्णायक गोल गरेका वडा नम्बर-२ का ११ नम्बरका खेलाडी अमन मगर म्यान अफ द म्याच घोषित भएका छन् । वडा नम्बर-२ को अर्को खेल बैशाख २९ गते सोमबर दिउसो ३ बजे आयोजक टिम सुनवल-७“बिसंग हुनेछ । यसैबिच भोली आईतबार हुने सेमिफाईनल खेलमा वडा नम्बर-१० र १३ विच प्रतिस्पर्दा हुने फुटबल प्रतियोगिता उपभोक्ता समितिका सचिव खडक रानाले जानकारी दिएका छन् । 

    images

    यही जेठ ४ गतेसम्म सुनवल-७ गणेशबस्तीमा सञ्चालन भैरहेको प्रतियोगितामा नगरभित्रका १३ वटा वडा र आयोजक “बि”टिमसहित कुल १४ टिमको सहभागिता छ।विजेता टिमले नगद १ लाख ५५ हजार,उपविजेताले ९० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

    त्यसैगरी प्रतियोगिता समयअवधि भर उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij