Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • खेलकुद
  • चाैंथाे गाउँ स्तरीय भलिबल प्रतियोगिता लक्ष्मीपुरमा...

चाैंथाे गाउँ स्तरीय भलिबल प्रतियोगिता लक्ष्मीपुरमा सुरु

चाैंथाे गाउँ स्तरीय भलिबल प्रतियोगिता लक्ष्मीपुरमा सुरु

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • परासी/माघ १७ ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १० लक्ष्मीपुरमा बसन्त पञ्चमी (सरस्वती पुजा)काे अवसरमा चाैंथाे गाउँ स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आज सुरु भएकाे छ । 

    images

    श्री सन्ताेषी माँ युवा क्लब रामग्राम १० लक्ष्मीपुरकाे आयाेजनामा सुरु भएकाे प्रतियोगितामा क्लबका अध्यक्ष गणेशमान चाैधरीकाे अध्यक्षता तथा रामग्राम १० का वडा अध्यक्ष सुरेश यादवकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे कार्यक्रममा बाेल्दै वडा अध्यक्ष यादवले वडा भित्र रहेका खेलाडीहरुकाे मनाेवल बढाउन आफू सधै तयार रहेकाे बताउनुभयाे । स्वास्थ्यकाे लागि खेलकुद राम्राे हुने जाेड दिनुभयाे ।  

    images

    प्रतियोगितामा २० टिपकाे सहभागीता रहेकाे क्लबका सदस्य शम्भु चाैधरीले जानकारी दिनुभयाे । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमश नगद रु २० हजार,१० हजार र ५ हजार सहित मेडल प्रमाणपत्र वितरण गरिने आयाेजकले जनाएको छ ।

    Gallery_1738258361982.jpg
    undefined

    कार्यक्रममा वडा सदस्य सिवेन्द्र गुप्ता,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष रवि पाण्डे,पत्रकार सुरेश यादव,नवलपरासी क्रिकेट एसाेषियसन संघका अध्यक्ष जगदीश चाैधरीले बाेल्नु भएकाे थियाे भने कार्यक्रम संचालन वडा सचिव राममिलन यादवले गर्नु भएकाे थियाे ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij