पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० स्थित जनता मावि लक्ष्मीपुरमा जडान गरिएको बालमैत्री धारा र युभिजडित आर्सनिक हटाउने फिल्टरलगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।
शहरी वातावरण व्यवस्थापन समाज (युम्स) नेपाल ललितपुरको १७ लाखको आर्थिक सहयोगमा विद्यालय परिसरमा बालमैत्री धारा, यु.भी. जडित आर्सनिक हटाउने फिल्टर, प्याड इन्सीनरेटर, डस्टिबन र ब्यक्तिगत सरसफाइका लागी हरेक विद्यार्थीलाई हाईजनिक किटका सामग्रीहरु हस्तान्तरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिनरायण चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको प्रमुख अतिथ्यततामा हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले युम्स नेपालले शुद्ध खानेपानी र ब्यक्तिगत सरसफाईका लागी उपलब्ध गराएको समाग्रीहरुको सहि सदुपयोग गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले यस विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका निम्ती नगरपालिकाले सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै युम्स नेपालका सल्लाहकार डा. मख्खन महर्जनले आर्सनिक मुक्त खानेपानी ट्यांकी निर्माणले आर्सनिकको समस्यालाई केहि हदसम्म अन्त्य गर्न मदत पुग्ने बताउनुभयो । यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चौधरीले युम्सले गरेको सहयोगको प्रसंसा गर्दै आगमी दिनमा पनि साथ र सहयोग रहिरहने विश्वास ब्यक्त गर्नुभयो ।
साथै विद्यालयले सोही अवसरमा गत बर्ष वाल विकासदेखि कक्षा ९ सम्म परिक्षामा प्रथम, दितिय, तृतिय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको थियो। कार्यक्रममा समाजसेवी भवानी शंकर चौधरी, सिताराम यादव, प्रधानाध्यापक ईन्द्रकमल यादवलगायतले बोल्नुभएको कार्यक्रम सन्चालक (शिक्षक) धर्मराज यादवले जानकारी दिनुभयो ।




.gif)




.gif)