Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • समाज
  • समाजसेवी यादवद्वारा गरिब तथा विपन्नका लागि...

समाजसेवी यादवद्वारा गरिब तथा विपन्नका लागि नि:शुल्क शव वाहन सेवा सहित पाँच क्विन्टल दाउरा

समाजसेवी यादवद्वारा गरिब तथा विपन्नका लागि नि:शुल्क शव वाहन सेवा सहित पाँच क्विन्टल दाउरा

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • सरावल,२७ कार्तिक।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर - ६ भुजहवा बस्ने युवा समाजसेवी बिरेन्द्र यादवले सरावल गाउँपालिका बासिहरुले शव वाहन अभावका कारण गरिब तथा विपन्न परिवारले भोग्दै आएका कठिनाइलाई मध्यनजर गर्दै आफ्नो ब्यक्तिगत खर्चमा नि:शुल्क रुपमा शव वाहनका लागि पिकप र पाँच क्विन्टल दाउरा दिने घाेषणा गर्नुभएको छ । 

    images

    समाजसेवी यादवले मृतकको शव व्यवस्थापनका लागि आफ्नै निजि गाडी र पाँच क्विन्टल दाउरा गरिब तथा विपन्न परिवारलाई नि:शुल्क उपलब्ध गराउने सिधा नजर मिडियालाई जानकारी दिए।

    images

    साथै शववाहन अभावले निम्त्याएको पीडालाई कम गर्न यस्तो कामको थालनी गरिएको यादवले बताउनुभयाे । पश्चिम नवलपरासी लगायत धेरै ग्रामीण क्षेत्रमा शववाहनको सुविधा निकै सीमित छ। अधिकांशले निजी गाडी तथा भाडामा लिएर शव व्यवस्थापन गर्नुपर्ने बाध्यता छ, आर्थिक रूपमा कमजोर परिवारहरूले ठूलो चुनौतीको सामना गर्नुपरेकाे छ । यस्तो कठिन परिस्थितिमा समस्याको समाधानका लागि आफ्नो निजी स्रोत साधनलाई जनताको सेवामा याेगदान गर्ने भनी यादवले घाेषणा गरेका छन ।

    यादवले यो सेवालाई सहज बनाउनका लागि दुईवटा सम्पर्क नम्बर सार्वजनिक गर्नुभएकाे छ ।सम्पर्ककाे लागि माेबाईल नम्बर- ९८५७०४६३१९ र ९८२१४९२८९० मा सरावलका कुनै पनि गरिब वा विपन्न परिवारका सदस्यको मृत्यु भएमा यी नम्बरहरूमा सम्पर्क गरेर पिकअप गाडी तथा दाउरा मृतकको शव व्यवस्थापन सेवा लिन सक्ने जानकारी दिनुभयाे । जिल्लामा शववाहनको अभाव भनेको स्थानिय सरकारको एक गम्भीर कमजोरी हो । धेरै पटक गरिब तथा विपन्न वर्गले सहरी सुविधाबाट बञ्चित हुनु परिरहेको अवस्था छ । यस अवस्थामा, यादवले व्यक्तिगत रूपमा चालेको कदमले सरकारलाई पनि गम्भीरताका साथ यस्तो समस्याको समाधान गर्न प्रेरित गर्न सक्ने छ । 

     

     

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij