परासी,असाेज २७ ।तिहार नजिकिएसँगै नवलपरासीका स्थानीय काेहार समुदाय माटोका पाला बनाउन व्यस्त छन् । जिल्लाकाे रामग्राम,पाल्हिनन्दन,सरावल,प्रतापपुर लगायतका काेहार समुदायले माटाको भाँडा बनाउँदै आएकाे र तिहारमा माटोका पाला लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन् ।
तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको रामग्राम-४ का हरिलाल काेहारले बताउनुभयाे । उहाँले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्नुभयाे ।
जिल्लामा उत्पादन भएका सदरमुकाम परासी, हकुई, पट्खाैली,बेलासपुर,बेलाटारी,सुनवल,बर्दघाट,भुमही लगायतका बजार र अन्य सातवटै पालिकाकाे विभिन्न स्थानमा पुगि काेहार समुदायले बेच्ने गरेको बताउँछन् । अहिले बजारमा प्लास्टिकका दियोहरू आएपनि माटोको पालाको मागमा भने कुनै कमी नआएको उनीहरुको भनाइ छ ।
गत वर्षकाे तुलनामा यस वर्ष माटोका पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरूले बताएका छन्।नवलपरासीका काेहार समुदायले अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाएर बिक्रीबितरण गर्दै आएका छन्।




.gif)




.gif)