परासी,असार १७ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १ सहुवाटिकरबाट दुई जनालाई लागू औषध सहित यहि असार १५ गते नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
सहुवाटिकरकी यमकला काेहारकाे घरमा लागू ओैषधकाे काराेबार भईरहेकाे गाेप्य सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सहुवाटिकर बस्ने वर्ष ३७ कि यमकला काेहार र रामग्राम-७ उजैनी बस्ने वर्ष १८ काे विशाल चाैधरी रहेकाे नवलपरासी प्रहरीले जनाएको छ ।
उनीहरुकाे साथबाट डाईजेपाम १३ एम्पुल,फेनरागन १३ एम्पुल र बुप्रिनाेर्फिन १३ एम्पुल बरामद गरि हिजाे असार १६ गते नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयाे ।




.gif)




.gif)