Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • समाज
  • नवलपरासी कारागारबाट ५५३ जना कैदीबन्दी बाहिर...

नवलपरासी कारागारबाट ५५३ जना कैदीबन्दी बाहिर निस्किए

नवलपरासी कारागारबाट ५५३ जना कैदीबन्दी बाहिर निस्किए

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • परासी,२५ भदौ ।नवलपरासी पश्चिमकाे जिल्ला कारागारबाट बालबालिका सहित ५५३ जना कैदीबन्दी बाहिर निस्किएका छन। ५७५ जना कैदीबन्दीहरु मध्ये १३ महिला र १६ जना पुरुष गरि २९ जना कारागारमै नै बसेका छन । कारागारमा ८७ जना महिला र ४८८ जना पुरुष गरि कुल ५७५ जना कैदीबन्दी थिए । साथै ७ जना बालबालिका रहेका थिए । नवलपरासी पश्चिममा कुल बालबालिका सहित ५८२ जना कैदीबन्दी कारागार भित्र रहेका थिएन।

    images

    तिमध्ये  १६ पुरूष र १३ महिला स्वैच्छाले बाहिर नगएकाे कारागार प्रशासन स्राेतले सिधा नजरलाई जानकारी दिनुभयाे । सुरक्षाका लागि खटिएकामध्ये जेलर सहित ४ सुरक्षाकर्मीलाई कैदीबन्दी छलफलका लागि भन्दै भित्र बाेलाएर नियन्त्रणमा लिएका थिए।

    images

    सुरक्षाकर्मी नियन्त्रणसहित कारागार कब्जा गरेर  उनीहरु बाहिर निस्किएका हुन् । कारागार नियन्त्रणमा लिएपछि उनीहरुले भित्र आगजनी गरेका थिए । कारागार कब्जापछि नेपाली सेनासहितको सुरक्षाकर्मीले कारागारलाई नियन्त्रणमा लिएर केही राउण्ड हवाई फायर समेत गरेको थियो।नियन्त्रणमा लिएका ६ सुरक्षाकर्मीलाई नछाडेपछि सुरक्षाकर्मीले उनीहरुलाई बाहिर निस्कन दिएका हुन।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij