परासी ,४ असाेज। जि आई भोजपुरिया पश्चिम नवलपरासीले नेपालीहरुको महान पर्व बडा दशैलाई लक्षित गरि देवि गित सार्वजनिक गरेको छ । नव दुर्गा पुजा समिती सरावल-२ पटखौलिको सहकार्य तथा जि आई भोजपुरियाको निर्माणमा दुर्गा मैयाँ कि जय बोलको भक्ती गित सार्वजनिक गरिएको हो । गितले हिन्दु धर्ममा आस्था राख्ने धर्मावम्बिहरुको आदिशक्ती दुर्गा भवानी प्रतिको प्रेम र भक्तिलाई चित्रण गरिएको छ ।
नवलपरासीम चर्चामा रहेका गायक ईस्वर चौधरी र गायिका नेहा राजको स्वर रहेको गितको गितकार अनिल कुसुम रहेका छन । उक्त गितमा मुख्य कलाकार मानसिङ्ग चौधरी र सबिना मगरको अभिनय तथा दुर्गा भवानिको रुपमा कमला चौधरीको अभिनयले सबैलाई आकर्षित गरेको छ । सङ्गीत भने सरबिन्दले दिएका छन । कोरस सहित रहेको उक्त भिडियो गितको छायांकन राकेश राजले गरेको निर्देशक सागर परियारले जानकारी दिनुभएको छ ।
यसअघि पनि जि आई भोजपुरियाले थारु, भोजपुरी गरि विविध भासामा दर्जन बढी चर्चित गित सार्वजनिक गरिसकेको र अझै पनि केही गितहरु रेकर्डिङ भएको बताउदै यस एल्बमका निर्माता गोबिन्द चौधरीले अब आउने गितहरुपनि अझै उत्कृष्ट रहेको र त्यसको छायांकन पनि पर्यटकिय क्षेत्रलाई प्रबर्द्धन गर्ने गरि हुने जानकारी दिनुभएको छ । नवलपरासीको सरावल-२ पट्खौलि थारु गाउमा जन्मी सानै देखि गित सङ्गित प्रती रुचि राख्दै आएका निर्माता गोबिन्द चौधरिले आफू पहिलो पटक थारु गित गाएपनी सबै जातजातिको भासा र गितलाई समानरुपले माया गर्दै आएको बताउनुभयो ।
साथै उहाँले वर्तमान अवस्थामा नेपाली, थारु र भोजपुरी भासाको गित सङ्गितले राम्रै बजार पाएको हुदा यी सबै भासाका गित सङ्गितलाई आफुले सधै अग्र स्थानमा राखी गाउने जानकारी दिदै ग्रामिण क्षेत्रमा कलाकार धेरै भएतापनी राम्रो अवसर नपाएर टिकटक मै सिमीत हुने अवस्थालाई अन्त्य गर्दै जि आई भोजपुरियाले गित सङ्गीत र कलाको क्षेत्रमा रुचि राख्ने ती सबै कलाकारहरुलाई समेटेर अघि बढने समेत जानकारी दिनुभएको छ । दुर्गा मैयाँ कि जय बोलको गित लाई जि आई युटुव च्यानल बाट हेर्न सकिने छ।




.gif)




.gif)