परासी,पुस १३ । पश्चिम नवलपरासीमा बिद्यार्थीकाल देखिनै नेपाल बिद्यार्थी संघमा आबद्ध भएर राजनीतिक गतिविधि र समाजिक क्रियाकलाप मा सकृय रहेर काम गर्दै आएका नेपाली काङ्ग्रेस का युवा नेता राकेश गुप्ताद्वारा आधिकारिक रुपमा नेपाली काङ्ग्रेस परित्याग गरेका छ्न , उनले आफुले भदौ २३ गते नै आफू आबद्ध रहेको दल त्याग गरेको घोषणा समाजिक संजाल बाट गरेका थिए भने पार्टी लाई आधिकारिक राजीनामा पौष को २ गते इकाई सभापति लाई बुझाएका छ्न ।
युवा नेता गुप्ता विभिन्न समाजिक संघ संस्थामा आबद्ध भएर बालबालिका , युवा , महिला र बन्चितिकरण मा परेका समुदाय को शस्क्तिकरण का लागि बिगत २ दशक देखि काम गर्दै आउनु भएको छ। जिल्लामा उहाँको पहिचान राजनीति कर्मी भन्दा पनि एक असल र इमानदार समाजिक अभियन्ता र युवा उधमीको रुपमा पहिचान स्थापित छ ।
युवा जमातहरु बिच लोकपृय पहिचान बनाउन सफल राकेश गुप्ता बाल्यकाल देखि नै राजनीति प्रती तिब्ररुचि र समाज प्रती केहि सकारात्मक गर्नुपर्छ भन्ने हुटहुिट भएका बेक्ती हुन । " परिवर्तन को आस गर्ने परिवर्तनको अपेक्षा राख्ने प्रतेक बेक्ती आफुपनि परिवर्तन हुन आवश्यक छ" भन्दै आफ्नो बेक्तिगत स्वार्थ भन्दा माथी उठि देश को आफ्नो मन र मत समर्पित गर्ने बेला आएकोले सम्पुर्ण युवाहरु बैकल्पिक राजनीति शक्ति लाई इस्थापित गर्ने बेला भएको ले युवाहरू एकजुट हुन आवश्यक छ भन्न बिचार बेक्त गर्नु भयो , सोहि बमोजिम नेपाली काङ्ग्रेस परित्याग गरेको बिचार बेक्त गर्नुभयो ।
त्यसैगरी नेपाली बिद्यार्थी संघमा आबद्ध भएर ने.बि संघ बाट प्रतिनिधित्व गरेर पाल्ही क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन को चुनावमा निर्वाचित भएका सभापति निरज प्रसाद धवलले पनि पार्टी परित्याग गरेका छ्न ।




.gif)




.gif)