Logo

२०८३, कार्तिक १३ गते | Oct 29 2026

  • राजनीति
  • नवलपरासी पश्चिमकाे क्षेत्र नम्बर-२ मा जसपा...

नवलपरासी पश्चिमकाे क्षेत्र नम्बर-२ मा जसपा नेपालबाट उम्मेदवारी दिएका ‘जेन-जि’ उम्मेदवार यादवकाे प्रतिबद्धता

नवलपरासी पश्चिमकाे क्षेत्र नम्बर-२ मा जसपा नेपालबाट उम्मेदवारी दिएका ‘जेन-जि’ उम्मेदवार यादवकाे प्रतिबद्धता

बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • परासी, ७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट नवलपरासी पश्चिमकाे क्षेत्र नम्बर-२ मा युवा नेता देबेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन।नेपालमा जेन-जि आन्दोलन पछि राजनीतिमा चलिरहेको बहस नयाँ पुस्ता र युवा सहभागिताको निर्णायकका रुपमा यादवले ‘जेन–जी’ नयाँ पुस्ताको प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे हाे।

    images

    जसपा नेपालबाट उम्मेदवारी दर्ता पश्चात् प्रतिक्रिया दिँदै यादवले अन्य प्रमुख राजनीतिक दलहरूले युवा पुस्तालाई खासै स्थान नदिएको भन्दै जसपा नेपालले युवाहरूलाई विश्वास गरेर टिकट दिएकोमा गर्व व्यक्त गरेका थिए।उहाँले आफूलाई केवल उम्मेदवार मात्र नभई नयाँ पुस्ताको आवाजका रूपमा प्रस्तुत गर्दै युवाहरूको भावना र माग सम्बोधन गर्न राजनीतिमा आएको बताए। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज सेवा गर्ने लक्ष्य लिएका यादवले मधेशमा व्याप्त उत्पीडन, विभेद र समस्याहरूको समाधानका लागि आफू कटिबद्ध रहेको जिकिर गर्नुभएको छ।

    images

    आफ्नो चुनावी एजेन्डा समावेशी रहेको दाबी गर्दै उहाँले दलित समुदाय लगायत विभिन्न जातजाति र संघ–संस्थाहरूका मुद्दालाई समेटेर सबैलाई साथमा लिई अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो। पूर्वमन्त्रीहरू तथा पार्टीका वरिष्ठ नेताहरूको साथ र समर्थन रहेकाले चुनावमा विजय हासिल गरी आम जनताका सपना पूरा गर्ने दृढता समेत यादवले व्यक्त गर्नुभएको छ।स्राेत-उज्यालो सन्देश अनलाइन

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij