Logo

२०८३, कार्तिक १४ गते | Oct 30 2026

  • खेलकुद
  • महिला टी–२० विश्वकपका लागि ६ पटकको...

महिला टी–२० विश्वकपका लागि ६ पटकको विजेता अस्ट्रेलियाको टोली घोषणा

महिला टी–२० विश्वकपका लागि ६ पटकको विजेता अस्ट्रेलियाको टोली घोषणा

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले एलेसा हेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

    images

    अस्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा अनुभवी स्पिनर जेस जोनसोन परेकी छैनन् । यस्तै ग्रेस ह्यारिस, सोफी मोलिन्यु, टाएला भ्लेमिन्क, फिबी लिचफिल्डको उपस्थितिले टोलीलाई सन्तुलित बनाएको छ । अस्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२३ मा गरी ६ पटक उपाधि जितेको छ ।

    images

    नवौं संस्करणको महिला टी–२० विश्वकप आउँदो अक्टोबरमा हुँदैछ । आईसीसीले यो प्रतियोगितालाई बङ्गलादेशबाट यूएईमा सारेको छ ।

    महिला टी–२० विश्वकपका लागि पाकिस्तानले फतिमा सनाको कप्तानीमा टोली घोषणा गरेको छ । यस्तै अन्य टोलीको घोषणा हुन बाँकी छ ।

    प्रतिक्रिया
    images
    images
    images
    images
    images
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to sidhanajar.com  | Site By : Sobij